आईसीसी टी-ट्वान्टी विश्वकपमा नामिबियाको पहिलो जित | Khabarhub Khabarhub

आईसीसी टी-ट्वान्टी विश्वकपमा नामिबियाको पहिलो जित


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नामिबियाले आईसीसी टी ट्वान्टी विश्वकप सुपर १२ को आफ्नो पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेको छ ।

बुधबार सुपर १२ को समूह-२ को खेलमा नामिबियाले स्कटल्यान्डलाई ४ विकेटले पराजित गरेको हो । जितका लागि ११० रनको लक्ष्य पाएको नामिबियाले १९ ओभमर १ बलमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नामिबिया जितमा जेजे स्मित सर्वाधिक ३२ रनमा अविजित रहे । ओपनर क्रेरग विलियम्स २३ र माइकल भ्यान लिङ्गेनले १८ रन बनाए ।

त्यसअघि आबूधाबीमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रन बनाएको थियो ।

स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक ४४ रनको योगदान दिए । क्रिस ग्रीभ्स २५ र म्याथ्यु क्रस १९ रन बनाए ।

नामिबिया रुबेन ट्रम्पलम्यानले सर्वाधिक ३ विकेट लिए । जन फिंलिकले २, जेजे स्मित र डेविड विसेले समान १ विकेट लिए ।

नामिबिया सुपर–१२ को समूह २ मा सुरुवाती २ अंक जोड्दै तेस्रो स्थानमा छ । समूह १ मा इंग्ल्यान्ड २ खेल ४ अक बनाउँदै शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ६ : ५० बजे

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी

लसुन खेतीबाट राम्रो आम्दानी लिँदै किसान 

दोलखा– जिल्लाका किसानहरू लसुन लगायतका नगदे खेतीबाट राम्रो आम्दानी लिन

काठमाडौंमा करेन्ट लागेर युवतीको मृत्यु

काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिका-६ करेन्ट लागेर एक युवतीको ज्यान गएको

भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा दिइने

मकवानपुर– बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा