मलेसियामा एक नेपालीको मृत्यु | Khabarhub Khabarhub

मलेसियामा एक नेपालीको मृत्यु



दोहा- बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत एक नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलान्चोक महादेवटार -८ का टेक बहादुर तामाङ रहेका छन्।

मलेसियाको सिन याङ प्लाइवुड एसडिएन बिएचडी नामक कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका तामाङ अचानक ड्युटीमा नै ढलेपछि नजिकैको अस्पताल लैजादै गर्दा  मृत्यु भएको बताइएको छ ।

९ वर्षअघि मलेसियामा काम गर्दै आएका उनी विगत केही महिनादेखि प्रेसरको रोगी रहेको र डाक्टरको सल्लाह अनुसार नियमित औषधी सेवन गरिरहेको थिए ।

उनको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरि स्वदेश फर्काउने तयारी थालिएको त्यहाँस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ११ : ५० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर