भक्तपुर र चाँगुनारायणका विद्यालय खुले, मध्यपुरथिमि र सूर्यविनायकमा तिहारपछि | Khabarhub Khabarhub

भक्तपुर र चाँगुनारायणका विद्यालय खुले, मध्यपुरथिमि र सूर्यविनायकमा तिहारपछि


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि बन्द विद्यालय धमाधम खुल्न थालेका छन् ।

जिल्लामा भक्तपुर र चाँगुनारायण नगरपालिकाका विद्यालय भौतिक उपस्थितिमै सञ्चालन भएका छन् भने मध्यपुरथिमि र चाँगुनारायण नगरपालिका विद्यालय दशैँ तिहारपछि मात्रै सञ्चालनमा आउने भएका छन् ।

कोभिड–१९ सङ्क्रमण घटेको भन्दै लकडाउन हटाएर निषेधाज्ञा खुकुलो बनाएसँगै स्थानीय तहमा विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन हुन थालेका छन् ।

भक्तपुर र चाँगुनारायण नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्दै  विद्यालय खुल्न अनुमति दिएपछि यहाँका विद्यालय असोज १ गतेदेखि नै विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालनमा आएका हुन् ।

सूर्यविनायक नगरपालिकाले भने दशैँअगाडि भौतिकरूपमा परीक्षा सञ्चालनको अनुमित दिए पनि दशैँपछि कक्षा ८ देखि १० सम्म र तिहारपछि सबै कक्षालाई भौतिकरूपमा विद्यालय सञ्चालन गर्ने अनुमति दिने निर्णय गरेको छ ।

मध्यपुरथिमि नगरपालिकाले भने उपत्यकामा १८ वटा नगरपालिकामध्ये अन्तिममा मात्रै विद्यालय खोल्न अनुमति दिने बताउँदै आएको छ ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाले अनुमति नदिए पनि लुकीलुकी भौतिकरूपमा विद्यालय सञ्चालन गर्न थालेपछि नगरपालिकाले विद्यालय सञ्चालन निर्देशिका जारी गरी स्वास्थ्य मापदण्ड कार्यान्वयनमा ल्याउँदै विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न अनुमति दिएको बताए ।

सूर्यविनायक नगरपालिकाले तत्कालका लागि भौतिकरूपमा परीक्षा सञ्चालन गर्न अनुमति दिए पनि कक्षा सञ्चालन भने दशैँपछि मात्रै अनुमति दिने भएको छ ।

सूर्यविनायक नपाका प्रमुख वासुदेव थापाले भने, ‘हामीले अहिले विद्यालय सञ्चालनको अनुमति दिएका छैनौँ, दशैँपछि कक्षा ८, ९, र १० तथा तिहारपछि कात्तिक ७ गतेदेखि सबै कक्षालाई भौतिकरूपमै विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेका छौँ ।’

मध्यपुरथिमि नगरपालिकाले भने तिहार अगाडि विद्यालय सञ्चालनको अनुमति नदिने भएको छ । खोप लगाउन बाँकी १८ वर्षमुनिका बालबालिका कोरोनाको उच्च जोखिममा रहेको भन्दै उहाँले बालबालिकामा कोरोना सङ्क्रमण देखिन थालेकाले हतारिएर विद्यालय खोल्न अनुमति नदिने बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १० : १० बजे

पाकिस्तानमा बस दुर्घटना : २० को मृत्यु, २१ घाइते

पाकिस्तान– पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ

खजुरा– नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ थालिएको

मिर्गाैला प्रत्यारोपणका लागि सहयोग माग्दै पत्रकार

सुनसरी– पीबी (प्रेमबहादुर) दियाली एक समय इटहरीका सक्रिय पत्रकार मानिन्थे

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले

ज्याकाराण्डाले सजियो काठमाडौं (फोटो फिचर)

काठमाडौं– राजधानीका मुख्य सडकहरू अहिले ज्याकाराण्डा फुलेर रोमाञ्चक देखिएका छन्