राष्ट्रसङ्घीय मुख्यालय अगाडि सयौँ महिलाद्वारा प्रदर्शन | Khabarhub Khabarhub

राष्ट्रसङ्घीय मुख्यालय अगाडि सयौँ महिलाद्वारा प्रदर्शन


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्त राष्ट्रसङ्घको मुख्यालय अगाडि सयौँ महिलाहरूले प्रदर्शन गरेका छन् ।

अफगानिस्तानमा तालिबान सरकारले महिलाका धेरै अधिकार खोसेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले अफगानिस्तानका महिलालाई सबै महिला अधिकार, मानवअधिकारको सुनिश्चितता गर्न माग गरेका थिए ।

उनीहरूले अधिकार स्थापित गर्नका लागि राष्ट्रसङ्घलगायत विश्वको ध्यान जानुपर्नेमा जोड दिएका थिए ।

प्रदर्शनमा सहभागीहरूले आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्न अफगानिस्तानमा रहेका महिलाहरूलाई पनि आग्रह गरेका थिए ।

तालिबान विद्रोहीहरूले सत्ता कब्जा गरेर सरकार बनाएपछि महिलाहरूलाई रोजगारी गर्न नदिने, सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नदिने, शैक्षिक संस्थाहरूमा सहजै अध्ययन अध्यापन गर्न नदिने, छुट्टै कक्षामा बस्नु पर्नेलगायतका व्यवस्था गरेपछि विश्वभरीबाट यसको विरोध भइरहेको छ ।

अफगानिस्तानका उच्च शिक्षामन्त्री अब्दुल बाँकी हक्कानीले विश्वविद्यालयमा महिला र पुरुषलाई अलग्गै राख्न र महिलाले नकाब अनिवार्य लगाउनुपर्ने निर्देशन दिएका छन् ।

शरिया कानुन लागू गराउने मुख्य उद्देश्यका साथ विद्रोह गरेको तालिबान समूहले सरकार बनाएसँगै शरिया कानुनअनुसार नै प्रतिबन्धात्मक व्यवस्थाहरू गरिएको जनाएको छ ।

नयाँ व्यवस्थानुसार केही अफगान महिलाले आफ्नो शिर र आँखासमेत ढाक्ने चदरी भनिने नीलो कपडा लगाउन सुरु गरिसकेका छन् । केन्द्रीय राजधानी काबुलसहितका सहरहरूमा यस्तो लगाएका महिलाहरू धेरै देखिन थालेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ७ : ४५ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी