सिन्धुलीगढीमा पहिलो युद्ध संग्रहालय स्थापना, राष्ट्रपतिले उद्घाटन गर्दै | Khabarhub Khabarhub

सिन्धुलीगढीमा पहिलो युद्ध संग्रहालय स्थापना, राष्ट्रपतिले उद्घाटन गर्दै


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– सिन्धुलीको सिन्धुलीगढीमा ऐतिहासिक “सिन्धुलीगढी युद्ध संग्रहालय” स्थापना भएको छ ।

नेपाली सेनाले कमलामाई नगरपालिकासँगको सहकार्यमा ६ करोड ५० लाखको लागतमा संग्रहालयको निर्माण भएको हो ।

कोरोना माहामारीकाबीच निर्माण थालिएको डेढ वर्षपछि आज अर्थात असार १३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

२०७६ साल कार्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीले “सिन्धुलीगढी युद्व संग्रहालय” को शिलान्यास गरेका थिए ।

सिन्धुलीगढी युद्ध संग्रहालय “वृहत्तर सिन्धुलीगढी गुरु योजना” को महत्वपूर्ण अंश हो ।

यस क्षेत्रको ऐतिहासिक महत्वलाई कायम राख्दै व्यवस्थित र वृहत्तर विकास गर्दै सेनाले पुरातत्त्व विभाग, पर्यटन वोर्ड र कमलामाई नगरलाई यस गुरुयोजना निर्माण गरी हस्तान्तरण समेत गरेको छ ।

जसमा आगामी दिन निर्माण हुने सम्पुर्ण भौतिक संरचना सोही योजनामा आधारित रहेर व्यवस्थित निर्माण हुने अपेक्षा गरिएको छ ।

संग्रहालयको निर्माणले हाम्रो गौरवमय इतिहासमार्फत हाम्रो राष्ट्रिय एकतालाई महत्त्व दिनेछ भने राष्ट्र हितकालागी राष्ट्रियप्रेमी र अनुशासित पुस्ता निर्माण गर्न प्रेरणा पुर्‍याउने अपेक्षा गरिएको छ ।

यो सिन्धुलीगढी युद्व संग्रहालयको निर्माणले देशका लागि बलिदान दिने हाम्रा तत्कालीन वीर, वीराङ्गना महिला, पुरुष, वृद्धवृद्धा तथा बालबालिका सबैलाई राष्ट्रबाट उचित सम्मान भएको छ ।

निकट भविष्यमा यस संग्रहालय अनुसन्धानकर्ता, विद्यार्थी लगायत स्वदेशी र विदेशी पर्यटकहरुको उपयुक्त भ्रमणस्थल बन्ने सक्ने देखिन्छ ।
वि. स १८२४ असोज २५ गते आधुनिक नेपालका प्रेरणा पृथ्वीनारायण शाहको वुद्विमतापुर्ण राजनीतिक सोचका साथै कुशलताका कारण शक्ति सम्पन्न इष्ट ईन्डिया कम्पनिका विशाल फौजको आक्रमणलाई विफल पारेको थियो ।

यस संग्रहालयमा तिनै महत्त्वपूर्ण विषयहरु समावेश गरेर तत्कालीन इष्ट ईन्डिया कम्पनीसग भएको लडाइँको मुख्य घटनाक्रम डकुमेन्ट्री, नक्सा, तत्कालीन समयमा प्रयोग भएको हातहतियार, दस्तावेज , मोडल आदिमा प्रतिविम्ब उजार गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ७ : ५२ बजे

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

टक्सार– भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो

सुहाङको फराकिलो अग्रता, कांग्रेस र स्वतन्त्रबीच दोस्रोका लागि प्रतिस्पर्धा

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई

भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

बैतडी– बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको

शुल्क तिर्न बाध्य भए विद्यार्थी 

पाल्हीनन्दन– पश्चिम नवलपरासीका सामुदायिक तथा संस्थागत विद्यालयले दलित विद्यार्थीलाई शुल्क

चुरे पहाडका अधिकांश वनमा डढेलो

गोदावरी– कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश