क्यानडाले नेपाललाई गर्‍यो स्वास्थ्य सामग्री सहयोग | Khabarhub Khabarhub

क्यानडाले नेपाललाई गर्‍यो स्वास्थ्य सामग्री सहयोग


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ को महामारीविरुद्धको नेपाल सरकारको लडाइँमा सघाउन क्यानडा सरकारले प्रदान गरेका स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरिएको छ ।

काठमाडौँस्थित क्यानडाका अवैतनिक वाणिज्यदूत डा. बुद्ध बस्न्यातले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार अपराह्न भएको सङ्क्षिप्त कार्यक्रममा २७ थान भेन्टिलेटर, १५ हजार ४८ थान मास्क, एक हजार ८९० थान पीपीईगायत सामग्री हस्तान्तरण भएको उक्त मन्त्रालयले आज जनाएको छ ।

कोभिड–१९को दोस्रो लहरको महामारीका बेला त्यसको नियन्त्रण, उपचार र रोकथामका लागि उदारतापूर्वक नेपाललाई समयमै सहायता सामग्री प्रदान गरेकामा मन्त्रालयले सरकारका तर्फबाट कृतज्ञता व्यक्त गरेको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ९ : ४५ बजे

बढ्दै गर्मीको ग्राफ : अफ्रिकामा सहनै कठिन, एसियामा मनसुनको प्रतीक्षा

संसारमा आम स्थानमा अत्यधिक गर्मी भइरहेको समयमा भू–मध्य सागरीय क्षेत्र

सडक स्तरोन्नतिका लागि सम्झौता

तनहुँ– तनहुँको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिका लागि

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ– स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई

आगालागीबाट दुई घर र ‘कृषि फार्म’ जलेर नष्ट

सर्लाही– जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र

इलामको पाठ, सोह्र दुना आठ !

काठमाडौं- इलाम क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनको नतिजा आइसकेको छ