नेपालमा डिजिटल भिसा प्रणाली शुरू | Khabarhub Khabarhub

नेपालमा डिजिटल भिसा प्रणाली शुरू


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अध्यागमन विभागले क्यू.आर. कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ गरेको छ ।

विभागले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रमकाबीच गृहमन्त्री बिष्णु पौडेलले प्रणाली सिर्जित क्यू.आर. कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा मन्त्री पौडेलले अध्यागमन प्रशासनका क्षेत्र नै नेपाललाई चिन्ने पहिलो बिषय भएको भन्दै यस क्षेत्रलाई थप सुधार गर्दै लैजाने बताए । उनले समग्रतामा नेपालको अध्यागमनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने आवश्यकता रहेको धारणा राखे । मन्त्री पौडेलले अध्यागमन विभागलाई समायानुकुल बनाउनका लागि केन्द्रित हुन निर्देशन दिए ।

त्यस्तै विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले नयाँ प्रणाली अनुसार भिसा पाउने व्यक्तिको सम्पूर्ण विवरण आवश्यक सबै निकायमा रेकर्डमा रहने जानकारी दिए । उनले भिसा वितरणलाई केन्द्रीकृत र एकीकृत गर्न पनि सहज हुने बताए ।

प्रणाली सिर्जित क्यू.आर. कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ भएसँगै आवेदन र वितरणमा पनि सहज हुने विभागले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ९ : ०१ बजे

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको