२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ६ हजार ६४८ जनाको पीसीआर परीक्षणबाट १ हजार ५०९ र ४ हजार ९९२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३५ जना गरी जम्मा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप ३ हजार ८५३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३, उदयपुरमा ८, ओखलढुंगामा २, खोटाङमा ५,  झापामा १९३, धनकुटामा १४, पाँचथर १,  मोरङमा ११६, संखुवासभा १ र सुनसरी ९४ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा १६, पर्सामा ३,  बारामा ६, महोत्तरीमा १६, रौतहटमा १, सप्तरीमा ४, सर्लाहीमा ७ र सिरहामा ६ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा ३५५, काभ्रेमा २७, चितवनमा ८०, धादिङमा ३८, नुवाकोटमा ३२, भक्तपुरमा ४७, मकवानपुरमा ४९, रसुवा १२, रामेछापमा ७, ललितपुरमा ११२, सिन्धुली ३ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ७९, गोरखामा ६, तनहुँमा ८, नवलपरासी पूर्वमा ६०,  म्याग्दीमा १, लमजुङमा २, बागलुङमा ३ र स्याङजामा १२ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको गुल्मीमा १३, दाङमा ३, नवलपरासीमा ५, बर्दियामा ४, बाँकेमा ४, रुपन्देहीमा ११ र रोल्पामा ६ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जुम्लामा ८, जाजरकोटमा १, दैलेखमा १, मुगुमा १,  रुकुम पश्चिममा ७, र  सुर्खेतमा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको   अछाममा ४, कञ्चनपुरमा ४, कैलालीमा २ र डडेल्धुरामा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ५ : ०७ बजे

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि