न्यूयोर्कमा पानीपुरी बेच्दै प्रियंका | Khabarhub Khabarhub

न्यूयोर्कमा पानीपुरी बेच्दै प्रियंका


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउडकी ‘देसी गर्ल’ प्रियंका चोपडा अहिले हलिउडमा आफूलाई स्थापित गर्न प्रयासरत छिन् । उनी हलिउडका कैयौं ठूला प्रोजेक्टमा व्यस्त छिन् । यही कारण उनले न्यूयोर्कमा खोलेको सोना रेष्टुरेन्टमा जाने मौका पाइरहेकी थिइनन् ।

हालैमात्र उनले आफ्नो व्यस्त समय तालिकाबाट केही समय फुर्सद निकालेर रेष्टुरेन्ट पुगिन् । जहाँ उनले आफ्ना नजिकका साथीहरुसँग निकै मस्ती गरिन् । त्यहाँ उनले आमा मधु चोपडाको जन्मदिन पनि मनाइन् ।

प्रियंकाले सामाजिक सञ्जालमा राखेको तस्वीरमा उनलाई स्टाइलिस लुकमा देख्न सकिन्छ । उनले रेष्टुरेन्टमा साथीहरुसँग पानीपुरी खाइरहेको तस्वीर पनि राखेकी छन् ।

‘मलाई विश्वास नै छैन कि म अन्ततः सोनामा छु । तीन वर्षको योजना पछिको मेहनत सोनामा देखिरहेकी छु’, उनले लेखेकी छन् ।

प्रियंकाको रेष्टुरेन्टमा भारतीय खानेकुरालाई प्राथमिकता दिइएको छ । जसमा पानीपुरी आइटम पनि छ

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  १ : ४० बजे

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई

कर्णाली नदीमा किशोरीको शव फेला

बाजुरा- कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित

बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

काठमाडौं– इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल