नेयमारबिनाको खेलमा इक्वेडरसँग बराबरीमा रोकियो ब्राजिल | Khabarhub Khabarhub

नेयमारबिनाको खेलमा इक्वेडरसँग बराबरीमा रोकियो ब्राजिल


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोपा अमेरिका कप फुटबलमा आयोजक ब्राजिल र इक्वेडरसँग बराबरीमा रोकिएको छ ।

सोमबार बिहान भएको खेलमा ब्राजिलले इक्वेडरसँग १-१ गोलको बराबरी खेलेको हो ।

पेड्रो ओलम्पिक स्टेडियममा सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरीमा रोकिएको हो ।

खेलको ३७औँ मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर, खेलको ५३ औं मिनेटमा एन्जल मिनाले गोल गर्दै इक्वेडरलाई १-१ गोलको बराबरीमा ल्याए ।

यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको ब्राजिलले स्टार फरवार्ड नेयमारलगायतका खेलाडीलाई विश्राम दिएको थियो । बराबरी पछि पनि ब्राजिल समूह ‘बी’ को समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । समूह चरणमा अपराजित ब्राजिलले ४ खेलमा १० अंक जोड्यो ।

इक्वेडरले ४ खेलमा ३ अंक जोड्यो । इक्वेडर पनि चौथो स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ७ : ५० बजे

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)

एक ढिक्का भएर कांग्रेसलाई बलियो बनाउनुपर्छ : शेखर कोइराला

बाँके –नेपाली काग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीलाई बलियो

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

कैलाली – कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई