सुदूरपश्‍चिमको मन्त्रिपरिषद् विस्तार, ४ मन्त्री र ४ राज्यमन्त्री नियुक्त | Khabarhub Khabarhub

सुदूरपश्‍चिमको मन्त्रिपरिषद् विस्तार, ४ मन्त्री र ४ राज्यमन्त्री नियुक्त


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री भट्टले प्रदेश सांसदहरु दीर्घ सोडारी, लालबहादुर खड्का, पूर्णा जोशी र मानबहादुर धामीलाई मन्त्री नियुक्त गरेका हुन् । सोडारी, खड्का र जोशी एमाले सांसद हुन् भने, धामी माओवादी केन्द्रका सांसद हुन् ।

यस्तै एमालेका चुनकुमारी चौधरी, अर्चना गहतराज, मना साउद र मानबहादुर सुनार राज्यमन्त्री नियुक्त भएका छन् । सुनार माओवादी केन्द्रका सांसद हुन् भने अरु एमाले सांसद हुन् ।

नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार साँझ प्रदेश प्रमुख गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ गराएका छन् भने राज्यमन्त्रीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले शपथ गराएका हुन् । यो पुनर्गठनसँगै सुदूरपश्चिम प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद् भएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ७ : २२ बजे

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

झापा– १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

काठमाडौं– विभिन्न मितिमा हराएका २४ दुईपाङ्ग्रे सवारी साधन खोजी गरी

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका

‘कसम, राम्रो छ- मनसरा ?’

काठमाडौं– झुटो बोल्यो कि साँचो भनेर पत्ता लगाउन हाम्रो सामाजमा

चीनमा सडक दुर्घटना : उद्धार र सुरक्षा सुधार गर्न राष्ट्रपति सिको निर्देशन

बेइजिङ– चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा एक्सप्रेसवे