ड्यूटीमा रहेका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटना निन्दनीय : प्रधानमन्त्री | Khabarhub Khabarhub

ड्यूटीमा रहेका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटना निन्दनीय : प्रधानमन्त्री


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यकर्मीहरुमाथि भएको आक्रमणको घटना निन्दनीय भएको बताएका छन् ।

शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ संक्रमितहरुको उपचारमा खटिएका चिकित्सकहरुमाथि आक्रमण हुनु निकै दुखद र निन्दनीय भएको बताएका हुन् । उने यस घटनालाई ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण भए सरह दण्डनीय हुने बताएका छन् ।

उनले पहिलो डोज खोप लगाएका नागरिकलाई दोस्रो डोज जसरी पनि व्यवस्था गर्ने बताएका छन् । उनले सबैको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको समेत बताए ।

सम्बोधनकै क्रममा उनले प्रतिनिधिसभा अकर्मण्य भएकाले विघटित भएको जिकिर गरेका छन् । उनले संसदलाई कामकाजी बनाउन आफूले विश्वासको मत लिएर र प्राप्त गर्न नसकेको बताए । त्यसबेला विश्वासको मत माग्दा नै प्रतिनिधिसभा विघटन नगर्न आफूलाई मत दिन भनेको स्मरण गराए ।
उनले संसदले वैकल्पिक सरकार नदिँदा स्वभाविक प्रक्रियबाट आफू संविधानको धारा ७६ (३) अनुसार सरकार बनेको र त्यसपछि पनि अवस्थामा तात्विक भिन्नता नआएको बताए ।

त्यसपछि आफूले मार्ग प्रशस्त गर्दै उपधारा ५ को सरकार गठन गर्न आह्वान गरेको तर दलहरूमा सिद्धान्तहीन गठबन्धन बनेको एमाले र जनता समाजवादी पार्टीका सांसदहरूले दलीय पद्धति नाघेको उनले बताए ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ४ : ४२ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र