होलीमा ट्राफिक नियम उल्लंघन गर्ने १६ सय बढी सवारी चालकमाथि कारबाही (भिडियोसहित) | Khabarhub Khabarhub

होलीमा ट्राफिक नियम उल्लंघन गर्ने १६ सय बढी सवारी चालकमाथि कारबाही (भिडियोसहित)


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरुको पर्व होलीमा ट्राफिक नियम उल्लंघन गर्ने १६ सय बढी सवारी चालकमाथि कारबाही गरिएको जनाएको छ ।

महाशाखाले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरि सवारी चलाउने ५४ जनालाई कारबाही गरेको जनाएको छ ।

यसैगरी बिना हेल्मेट, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने १ हजार ६ सय ९ सवारी चालकहरुमाथि कारबाही गरिएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

हेरौँ भिडियो

उनका अनुसार होहल्ला गरि सवारी चलाउने, जबरजस्ती रंङ्ग दल्न खोज्ने, कागजपत्र साथमा नहुने, लापरबाही तरिकाले सवारी चलाउने १३ वटा चार पांग्रे र ४ सय ६८ वटा दुई पांग्रे सवारी साधन होल्ड गरिएको जनाए ।

उपत्यकाका तीन जिल्लामा आज दिनभरिमा २१ वटा सामान्य किसिमका दुर्घटनाहरु भएको महाशाखाले जनाएको छ ।

एयरपोर्टमा मोटरसाईकलको ठक्करबाट घाइते भएकी पैदलयात्री सितला सिंहको के.एम.सी. र बुढानिलकण्ठमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाई भएको दुर्घटनामा घाईते चालकको ह्याम्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

होली पर्व सुरक्षित र मर्यादित बनाउन उपत्यकाको तीनै जिल्लामा ९०० बढी ट्राफिक प्रहरी खटाएर कडाईका साथ चेकजाँच गरिएको उनले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ८ : २५ बजे

गण्डकीका मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते

अर्बौँ रुपैयाँ कर नतिर्ने इन्टरनेट सेवा प्रदायकको अडान, सरकारदेखि अदालतसमेत उल्झनमा

काठमाडौं– इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई तिर्नुपर्ने कर नतिरेको विवादको मार

प्रदेश राज्यमन्त्री चौधरीद्वारा बर्थिङ सेन्टर शिलान्यास

रौतहट– मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केशव राय

लुट्नकै लागि पर्वतमा दम्पतीको हत्या, एक महिनामा प्रहरीको मिसन ‘लालीगुराँस’ सफल

पर्वत- पर्वतको जलजला गाउँपालिका-२ मल्लाज दहस्थित वृद्ध दम्पतीको हत्या लुट्नैका

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

चितवन– चितवनको ईच्छाकामना गाउँपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब