मेयर रनिङ कपको उपाधी मिक्वाखोला गाउँपालिकालाई | Khabarhub Khabarhub

मेयर रनिङ कपको उपाधी मिक्वाखोला गाउँपालिकालाई


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङमा सम्पन्न दोस्रो मेयर रनिङ कपको उपाधी मिक्वाखोला गाउँपालिकाले जितेको छ । फाइनखेलमा पाथीभरा याङ्वरक गाउँपालिकालाई ३–१ को सेटमा हराउँदै उपाधी हात पारेको हो ।

मिक्वाखोलाले २५–१८, १३–२५, २५–२२ र २५–२१ को सेटमा स्तब्ध बनायो । सिदिंवा र सिरिजंघा भने तृतिय भए ।

बिजेताले २ लाख २१ हजार १ सय र उपविजेताले १ लाख ११ हजार १ सय रुपैयाँ प्राप्त गरेको छ । तृतिय बनेका दुबै टिमलाई नगद ३३ हजारले पुरस्कृत गरियो ।

विधागत तर्फ उत्कृष्ट डिफेन्डरमा दावा नुपू शेर्पा, उत्कृष्ट स्पाईकर मूकेश भटराई, उत्कृष्ट ब्लकरमा प्रविण न्यौपाने, उत्कृष्ट सर्भरमा प्रताप सुब्बा लिम्बू, उत्कृष्ट सेटरमा कैलाश बस्नेत, उत्कृष्ट अलराउण्डरमा आशिस मगर र उदयमान खेलाडीका रुपमा नविन तामाङलाई सम्मान गरिएको छ ।

विजेता र उपविजेतालाई आईतबार नै पूरस्कार वितरण तथा सम्मान गरिएको थियो । चैत्र १३ गतेबाट भिमकाली गुल्मको भलिबल कोर्टमा सञ्चालित प्रतियोगितामा जिल्लाका ८ वटा पालिकाले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ६ : ५० बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश