आफ्नै बाबुबाट बलात्कृत छोरीले जन्माइन् छोरा | Khabarhub Khabarhub

आफ्नै बाबुबाट बलात्कृत छोरीले जन्माइन् छोरा


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीमा आफ्नै बाबुबाट पटक पटक बलात्कृत भई गर्भधारण गरेकी एक किशोरीले छोरा जन्माएकी छन् ।

बागलुङ स्थायी घर भई बिगत १५ बर्षदेखि गुल्मीको सदरमुकाम तम्घासमा बस्दै आएका अन्दाजी ६० वर्षीय बाबुले १४ बर्षकी किशोरीलाई पटक पटक बलात्कार गर्दा गर्भ बसेको थियो । आफ्नै बाबुको गर्भधारण गरेकी किशोरीले आइतबार तम्घास अस्पतालमा छोरा जन्माएकी हुन् ।

किशोरी र बच्चाको अवस्था स्वास्थ रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

किशोरीकी आमाले दिएको जाहेरीका आधारमा बाबुलाई प्रकाउ गरिएको पाण्डेले बताए । अदालतबाट म्याद थप गरी जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बाबुले एउटा आँखाले देख्दैन् भने अर्को आँखाले सामान्य देख्छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १ : ५७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र