घर फर्किँदै गरेका भारतीय नागरिकको मेची पुलमा मृत्यु | Khabarhub Khabarhub

घर फर्किँदै गरेका भारतीय नागरिकको मेची पुलमा मृत्यु


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाल भारतको सीमा नाका पर्ने भद्रपुरस्थित मेची पुलमा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको विहार राज्य कटिहार जिल्ला बाषोई निवासी ६८ वर्षीय फजुल हकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिर्तामोडस्थित मेची आँखा अस्पतालमा स्वास्थ्य जाँच गराएर घर फर्किने क्रममा हकको शनिबार साँझ मेची पुलमा मृत्यु भएको हो ।

बुबा दमको बिरामीसँगै रक्तचापका दीर्घ रोगी भएको र सोही रोगका कारण हिँडदाहिँडदै उनको लडेर मृत्यु भएको उनका छोरा अकबर अलिले बताए । मृतक हकसँगै उनका छोरा अलि शुक्रबार आँखाको उपचार गराउन नेपाल आएका थिए । मृतकको साथबाट प्रहरी भारतीय आधार कार्ड र मेची आँखा अस्पतालको पुर्जा भेटिएको थियो ।

मृतक हक भारतीय नागरिक भएको प्रमाण भारतीय एसएसबीलाई देखाउँदा पनि उनको शवलाई भारत लैजान एसएसबीले अनुमति दिन मानेनन् । एसएसबीले मृत्यु भएको व्यक्तिको नाममा नेपालबाटै आधिकारिक पत्र बनाएर ल्याउनु पर्छ भन्दै शवलाई सीमा नाकामै रोकेर राखेका थिए ।

त्यसपछि उनका छोराले भद्रपुर नगरपालिका कार्यालयलाई शव लैजान भनी निवेदन दिएको र सोही निवेदनको आधारमा नगरपालिकाले सिफारिस पत्र बनाई दिएपछि मात्र एसएसबीले आइतबार बिहान शव लैजान भनी अनुमित दिएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  २ : ४५ बजे

‘नेपाल यसकारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम