कलङ्कीमा टिप्परले ठक्कर दिँदा पैदलयात्रीको निधन | Khabarhub Khabarhub

कलङ्कीमा टिप्परले ठक्कर दिँदा पैदलयात्रीको निधन


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  काठमाडौंको कलङ्कीमा टिप्परको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । गतराति बल्खुबाट थानकोट जाँदै गरेको बा १ ख ५८९३ नम्बरको टिप्परले ठक्कर दिँदा करिब २५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

टिप्पर चालक ३० वर्षीय युवक थोकरलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले बताए ।

मकवानपुर घर भएका चालकलाई महानगरीय प्रहरी वृत कालिमाटीमा राखिएको छ । जेब्राक्रसमा बाटो काट्दै गरेका पैदलयात्रीलाई टिप्परले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो ।

त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १२ : १९ बजे

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार

‘भाइरल गोर्खे’मा अभिनय गर्दै पत्रकार ऋषि धमला !

काठमाडौं– विभिन्न विषयले चर्चामा आइरहने पत्रकार ऋषि धमला फिल्म ‘भाइरल

औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम

कर्णाली – वीरेन्द्रनगरमा आयोजित औद्योगिक प्रदर्शनी प्रतियोगितामा केदारनाथ राडीपाखी उद्योग

अशोक राईको नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट

आजका समाचार : जसपाकाे फुटदेखि गण्डकीका मख्यमन्त्रीलाई विश्वासकाे मतसम्म

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको जापानकी विदेशमन्त्री योको