सुरक्षित रुपमा कसरी खेल्ने होली ? | Khabarhub Khabarhub

सुरक्षित रुपमा कसरी खेल्ने होली ?


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजबाट होली पर्वको रौनक सुरु भएको छ । चैत १५ गते पहाडी जिल्लामा र चैत १६ गते तराईका जिम्मा होली मनाइदैछ । होलीमा बिभिन्न रंगहरुसंग एकआपसमा प्रेम र सद्भाव समेत साटासाट गरिन्छ । तर होलीमा खेलिने रंगबारे भने केही सचेत हुन आवश्यक छ ।

होलीमा खेलिने अबिर बनाउन रसायनको उपयोग गरिन्छ । अबिरमा एसबेस्टस र अभ्रख समेत मिसाइएको हुन्छ । त्यसैले यो अन्य रंग जस्तै हानिकारक हुन्छ । यदि लापरबाही रुपमा अबिर खेलाएमा यसले दम वा छाला र आँखामा समेत जलन र संक्रमण हुन सक्छ । डण्डीफोर भएकाहरूलाई रासायनिक रंगले झन् समस्यामा पार्न सक्छ ।

होलीमा रासायनिक रंगको उपयोग खतरनाक रहेकाले सकेसम्म प्राकृतिक र हर्बल रंगको प्रयोग गर्नु पर्दछ । र प्राकृतिक रंग नपाइएमा वा रसायनयुक्त रंग नै प्रयोग गर्नुपर्ने बाध्यता रहेमा सावधानीका उपायहरू अपनाउनु पर्दछ ।

होलीमा अपनाउनु पर्ने सावधानीहरु :
१. होली खेल्नुअघि शरीरको लगभग सबै भाग छोपिने गरी लुगा लगाए मात्र रंग र अबिरको दुष्प्रभावबाट जोगिन सकिन्छ । साथै टाउकोमा टोपी लगाउँदा रंगको नकारात्मक असर बाट बच्न मद्दत मिल्दछ ।

२. होली खेल्नुअघि शरीरभरि तेल वा मोइस्चराइजर र फाउन्डेसन लगाउनु राम्रो विकल्प हो । यसो गर्दा रंग छालाभित्र जान पाउँदैन । कपालमा तेल दल्दा र नङ काटेर पालिस लगाउँदा समेत रंगको हानीबाट बच्न सकिन्छ ।

३. होली खेलिसकेपछि छालामा हुने जलन हटाउन मोइस्चराइजर उपयोग गर्नु पर्दछ । होली खेलेपछि शरीर मज्जाले पखालेर मोइस्चराइजर लगाउँदा छालाको सुक्खापन हट्दछ ।

४. होली खेलेपछि रंग पखाल्ने नाममा छालालाई बारम्बार साबुन लगाएर रगड्नु हुन्न । यसले छाला सुक्खा हुने र पोल्ने समस्या बढ्न सक्छ । त्यस्तै, नुहाउनुअघि शरीरमा भएको रंग पुछ्नु पर्दछ ।

रंग आखाँमा परे
यदि होली खेल्दा आँखामा रंग परेमा आँखा रातो हुने, पोल्ने, सुन्निने हुन सक्छ । यसले आँखाको कर्निया वा आँखाको सेतो भाग कन्जेक्टाइवालाई नोक्सान पुर्‍याउँछ । यो सेतो भागमा रंगले गर्दा रातोपना र घाउ हुनसक्छ ।

यस्तोमा तुरुन्त सफा पानीले अर्थात् उमालेर चिसो पारेको खानेपानीले २० देखि ३० मिनेटसम्म आखाँ धोइरहनुपर्छ । तर, आँखा धुँदा जोडले पानी छयाप्नु भने हुदैँन । अन्यथा समस्या झन् बढ्न सक्छ । तर दृष्टि धमिलो भए, आँखा दुखे वा रातो भए तुरुन्त नेत्र विशेषज्ञकहाँ जानुपर्छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १० : ५९ बजे

दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसाथ गरौँ  : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे

सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी

सुर्खेत– सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी भएको छ। वीरेन्द्रनगर(७, स्थित मालपोत

अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक

म्याग्दी– समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री

सर्लाही– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र

भारत विदेशीलाई घृणा गर्ने मुलुक होइन : विदेशमन्त्री जयशंकर

नयाँदिल्ली– भारतका विदेशमन्त्री एस. जयशंरले भारत विदेशीलाई घृणा गर्ने मुलुक