न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ | Khabarhub Khabarhub

न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको तुलसीपुरमा एक जना न्यायाधीशकी श्रीमती लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेकी छिन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की ४२ वर्षीया तुलसा पोखरेल आइतबार दिउँसो ब्राउन सुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

तुलसीपुर बजारस्थित पोखरेलको घर अगाडि पार्किङ गरेर राखेको उनको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्की भित्र राखिएको अवस्थामा प्लाष्टिकसहित २.२२ ग्राम ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबहादुर सिंहले जानकारी दिए ।

सिंहका अनुसार गोप्य सूचनाका आधारमा इप्रका तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका सादा पोशाकका प्रहरीले पोखरेलको स्कूटरमा प्रतिबन्धित लागूऔषध बरामद बरामद गरेका थिए । त्यसपछि प्रहरीले पोखरेललाई नियन्त्रणमा लिएको थियो ।

तर, पक्राउ परेकी पोखरेलले आफूलाई फसाइएको तथा आफ्नो स्कूटरमा फेला परे पनि त्यो ब्राउन सुगरबारे आफूलाई थाहा नभएको भन्ने दाबी गरेको डिएसपी सिंहले जानकारी दिए ।

पोखरेलका श्रीमान मदन पोखरेल उच्च अदालत सुर्खेतका न्यायाधीशका हुन् ।

पक्राउ परेकी पोखरेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला कमिटी सदस्य पनि हुन् ।

पोखरेललाई अनुसन्धानका लागि इप्रका तुलसीपुरको थुनुवा कक्षमा राखिएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ७ : २५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर