सुर्खेत– एक सातादेखि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि धर्नामा बसेका बादी समुदायमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।
आन्दोलनमा उत्रेका आन्दोलनकारीहरू माग पूरा गराउन नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय छिर्न खोजेपछि झडपको स्थिति सिर्जना भएको हो ।
बादी संघर्ष समितिका संयोजक हिक्मत बादी शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठीचार्ज गरेको आरोप लगाएका छन् । उनले प्रहरीको लाठीचार्जबाट केही घाइते भएको समेत बताएका छन् ।
उनले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको र थप आन्दोलन थप चर्काउँदै लैजाने बताएका छन् ।
प्रहरीले भने आन्दोलनमा उत्रिएका बादीहरुलाई लाठीचार्ज नगरेको बताएको छ ।
प्रतिक्रिया