भागरथी हत्या प्रकरण: दिनेशको डिएनए काठमाडौं पठाइयो | Khabarhub Khabarhub

भागरथी हत्या प्रकरण: दिनेशको डिएनए काठमाडौं पठाइयो


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– बैतडीकी १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दिनेश भट्टको डीएनए काठमाडौं पठाइएको छ । उनको डीएनए परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको हो ।

परीक्षणका लागि रगत लगायत आवश्यक वस्तु काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार केही दिनमा परीक्षण रिपोर्ट आउने र त्यसपछि अनुसन्धानमा थप सहयोग पुग्नेछ । प्रहरीले प्रारम्भिक बयानमा दिनेशले बलात्कार गरेको स्वीकार गरिसकेको बताएको छ ।

यसअघि भागरथीको भेजाइनल स्वाब पनि प्रयोगशाला पठाइए पनि परीक्षण रिपोर्ट भने अझै आएको छैन ।

गत माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नपुगेपछि आफन्तले खोजी गरेका थिए । खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जंगलमा उनको शव फेला परेका थियो ।

घटनामा संलग्न रहेको आरोपमा गत प्रहरीले फागुन ५ गते दिनेशलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ५ : ०३ बजे

इलाममा सुहाङले लिए ७ सय ८० मतको अग्रता

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २,

लागूऔषधसहित टिकापुरबाट दुई जना पक्राउ

धनगढी– कैलालीको टीकापुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। टीकापुर

आईपीएलमा बैंगलुरुको लगातार दोस्रो जित, प्लेअफको आशा जीवितै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतबार दिउँसो भएको पहिलो खेलमा

इलाममा खोई माओवादीको भोट ?

काठमाडौं- इलामको उपचुनावमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार

सहकारी सुशानका लागि दुई दिने कार्यक्रम गर्दै नेफ्स्कून

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को