वेब सिरिज ‘मेरो अदालत’को घोषणा | Khabarhub Khabarhub

वेब सिरिज ‘मेरो अदालत’को घोषणा


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पछिल्लो समयमा वेब सिरिज निर्माणको क्रम बढ्दो छ । यही मेसोमा अभिनेता रवी कार्कीले वेब सिरिज ‘मेरो अदालत’ निर्माण गर्ने भएका छन् ।

सिरिजको निर्देशन रामेशकुमार राईले गर्नेछन् । सिरिजका कथाकार तथा निर्माता कार्कीका अनुसार सिरिजमा देशमा घटिरहेका विविध घटनाका पीडितले न्याय नपाइरहेको पछिल्लो अवस्थामा केही सत्य घटना र केही काल्पनिक घटना देखाइनेछ ।

निर्माण पक्षले सिरिजको थिम पोस्टर सार्वजनिक गरेको छ । पोष्टरमा एक युवाले हातमा लालटिन बोकेर न्याय खोजेको देखिन्छ भने न्यायमुर्तिको अनुहारमा रातो पोतिएको देखाइएको छ । सिरिजमा सूर्य सिजी र पर्वत राईको समेत लगानी रहनेछ ।

रिएण्डकी फिल्मसको व्यानरमा निर्माण हुने यस सिरिजकी सह–निर्माता मालती कार्की हुन् । सिरिज कुनै एक राष्ट्रिय टेलिभिजनबाट प्रसारण गरिने निर्माण पक्षले जनाएको छ । केही दिनपछि सुटिङ हुनेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ५ : २० बजे

रसिया–युक्रेन युद्ध : एक घाइते रोल्पालीको बकपत्र

मेरो घर रोल्पाको लुङग्री गाउँपालिकामा पर्छ । उमेरले म ४४

मधेस प्रदेश लोसपा सांसदीय दलका नेता शर्मा निलम्बित

जनकपुरधाम –  लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अभिराम शर्मालाई निलम्बन

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

काठमाडौँ–  काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले

६ जना सचिवको सरुवा गर्ने मन्त्रिपरिषद्‌‌को निर्णय

काठमाडौं – सरकारले ६ जना सचिवको सरुवा गरेको छ। बिहीबार

पर्याप्त सुधार गरेर आगामी बजेट ल्याउने तयारीमा छौँ : अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले पर्याप्त सुधार गरेर आगामी वर्षको बजेट