ओली आउने भएपछि झापामा सुरक्षा सतर्कता उच्च | Khabarhub Khabarhub

ओली आउने भएपछि झापामा सुरक्षा सतर्कता उच्च

औद्योगिक पार्कसहित ३१ वटा पुलको एकमुष्ट शिलान्यास गर्ने


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- प्रतिनिधिसभा विघटनको निर्णय र सर्वोच्च अदालतबाट पुनर्स्थापनाको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक आज गृहजिल्ला झापा आउँदैछन् ।

प्रधानमन्त्री आउने तय भए पछि झापाका मुख्य चोकहरूमा सुरक्षाकर्मीको उपस्थिती बढाईएको छ । सदरमुकाम भद्रपुर, विर्तामोड तथा ओली सहभागी हुने कमल गाउँपालिका आसपासमा समेत सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिती देखिएको छ ।

फाइल तस्वीर

यस्तै ओलीको गृहनगर दमकमा तय भएका चार वटा कार्यक्रम स्थल आसपासको क्षेत्रमा पनि सुरक्षाकर्मीहरुको उपस्थिती उच्च छ ।

ओलीको प्रमुख प्राथमिकतामा ‘चाइना नेपाल फ्रेण्डशिप ईण्डष्ट्रियल’ पार्कको शिलान्यास  छ । सो कार्यक्रममा उद्योग मन्त्री लेखराज भट्ट, भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का प्रदेश प्रमुख तथा मुख्यमन्त्री एवम् पूर्वसभामुख सुवास नेम्वाङको पनि उस्थिती रहने इण्डष्ट्रियल पार्कका अध्यक्ष गोविन्द थापाले बताए ।

चोक सजाइयो,  ईन्टरनेट पुर्‍याइयो

ओली आउने तय भए पछि यस पटकको तामझाम र तयारी विगतको भन्दा फरक छ ।

यसपटक ओलीको आगमनमा चाईना नेपाल फ्रेण्डशिप इण्डष्ट्रियल पार्कको शिलान्यासलाई महत्व दिईएको छ । जसका कारण सरकारी अधिकारीहरुको उपस्थिती केही दिनअघि देखिनै वाक्लिएको छ ।

लगानी वोर्ड तथा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका उच्च अधिकारीहरु समेत कार्यक्रमको तयारीमा जुटेका छन् ।

यस्तै ओली आउने रुटका विभिन्न भागमा राजमार्ग ढाक्ने गरिका स्वागतद्वारहरू निर्माण गरिएको छ भने दमकको मुख्य चोकमा नेपाल र चीनका राष्ट्रिय झण्डाहरूले भरिएको छ ।

इण्डष्ट्रियल पार्क शिलान्यास हुने स्थान झापाको कमल- ७ मा ईन्टरनेटसमेत पुर्‍याइएको पार्कका अध्यक्ष गोविन्द थापाले बताएका छन् ।

विभिन्न मुलुकका सञ्चारगृहका प्रतिनिधी तथा सञ्चारकर्मी समेत उपस्थित हुने भएकाले उच्च स्तरको ईन्टरनेट पुर्‍याइएको उनले बताए । सो कार्यक्रमबाट नेपाल औद्योगीक चरणमा प्रवेश गरेको उद्घोष समेत हुने उनको दावी छ ।

यस्तो छ कार्यतालिका

ओलीको सचिवालयका अनुसार ओली बिहान ११ बजे झापाको भद्रपुर विमानस्थलमा आइपुग्ने छन् । त्यसपछिका उनका सवै कार्यक्रम क्षेत्र झापा क्षेत्र नं. ५ मा रहने छन् । उनी पहिलो कार्यक्रमका लागि ११:४५ बजे कमल खोलामा निर्मित पुल उद्घाटनका लागि कमल-२ क्याम्पा पुग्ने छन् ।

१२:४५ मा उनको गृहनगर दमक १० र मोरङ जोड्ने मावा खोलामा निर्मित पुलको उद्घाटन कार्यक्रम राखिएको छ । १: ४५ मा सोही वडाबाट कमल गाउँपालिका हुँदै गौरादह जोड्ने स्थान रतुवा खोलामा निर्मित पुल उद्घाटन गरि १:३० मा चाइना नेपाल फ्रेण्डशिप इण्ड्रष्टियल पार्क शिलान्यास समारोहमा पुग्ने छन् । कमल ७ को झर्काहा बजारमा यो कार्यक्रम राखिएको छ ।

दिन भरिका लागि विभिन्न कार्यक्रम राखिए पनि उनको सम्वोधन भने सोही कार्यक्रममा मात्र हुनेछ ।

सम्वोधन पछि ३:१५ मा दमक १ बाट कमल गाउँपालिका हुँदै इलामको चुलाचुली जोड्ने स्थानको रतुवा खोलामा निर्माण भएको पुल उद्घाटन गरि ३:४५ मा दमक २ पुग्ने छन् । त्यहाँ उनले रतुवा खोलामा नयाँ पुलको शिलान्यास गर्ने छन् ।

सचिवालयका अनुसार मदन भण्डारी चुरे राजमार्गमा पर्ने सो स्थानको पूलसँगै पूर्वी खण्डका ३१ ओटा पुलको त्यहीबाट एकमुष्ट शिलान्यासको घोषणा हुने छ ।

आधा दर्जनभन्दा धेरै कार्यक्रमहरूमा सहभागी भएर ओली साँझ ५:३० बजे भद्रपुर हुँदै काठमाडौँ फर्कने कार्यतालिका छ ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  १० : १० बजे

नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगंजमा शुरु

वीरगंज– नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगञ्जमा सुरु भएको

घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध

इलाम २ मा सुहाङ ५३ सय मतले अगाडि, मिलनले २ हजार कटाए

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत देउमाई नगरपालिकाको मतगणना जारी

एनसीसी र क्रोएसियाका व्यवसायीबीच सहकार्य गर्ने समझदारी

काठमाडौं – नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र क्रोएसियाली व्यवसायीबीच

राष्ट्रिय पुरुष तथा महिला खुला फुल कन्ट्याक्ट कराते वैशाख २४ देखि

काठमाडौं– नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १८ औं