भारतले तोक्यो कोरोना खोपको मूल्य, निजी अस्पतालमा २५० रूपैयाँमा लगाउन पाइने | Khabarhub Khabarhub

भारतले तोक्यो कोरोना खोपको मूल्य, निजी अस्पतालमा २५० रूपैयाँमा लगाउन पाइने


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले कोरोना भाइरसविरूद्धको खोप ‘कोभिशिल्ड’को प्रति डोजको मूल्य निर्धारण गरेको छ ।

सरकारी अस्पतालबाहेक निजी अस्पतालबाट खोप लगाउन चाहनेले अब २५० रूपैयाँ तिरेर लगाउन पाउने भएका छन् । खोपको मूल्य १५० र सेवा शुल्क १०० गरेर २५० रूपैयाँ निर्धारण गरिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मार्च १ देखि सुरु हुने दोस्रो चरणको अभियानमा करिव १२ हजार सरकारी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क खोप दिइनेछ ।

यस चरणमा ६० वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप दिइनेछ। यसको साथसाथै ४५ देखि ६० वर्ष उमेरका गम्भीर अवस्थाका व्यक्तिहरुलाई खोप दिइने छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ९ : २० बजे

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी