रोनाल्डोको गोलमा युभेन्ट्सको बराबरी | Khabarhub Khabarhub

रोनाल्डोको गोलमा युभेन्ट्सको बराबरी


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गरे पनि इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा युभेन्ट्स हेलास भेरोनासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

भेरोनाको मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्स अंक बाड्न बाध्य भयो ।

खेलको ४९औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलबाट युभेन्ट्सले अग्रता बनाए पनि  ७७औँ मिनेटमा एन्टोनियो बाराकले गोल गर्दै हेलास भेरोनालाई हारबाट जोगाए ।

बराबरीसँगै युभेन्ट्सले शीर्ष दुई टोलिसँगको अंक दूरी कम गर्ने मौका गुमाएको छ । युभेन्ट्स २३ खेलबाट ४६ अंकसहित तेस्रो स्थानमा छ ।

भेरोना ३५ अंकसहित नवौँ स्थानमा छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ८ : ४९ बजे

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री