उखुखेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरण | Khabarhub Khabarhub

उखुखेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरण


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- लालझाडी गाउँपालिकाका व्यावसायिकरूपमा उखुखेती गर्ने किसानलाई आधुनिक कृषियन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्र्तगत सञ्चालित मुख्यमन्त्री नमूना कृषिगाउँमा आवद्ध किसानलाई कृषियन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको हो ।

कृषिमा लाग्ने श्रमको लागत घटाएर उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई  कृषियन्त्र र उपकरण अनुदानमा वितरण गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख डा दिलबहादुर विष्टले बताए ।

उनका अनुसार किसानलाई पावर टिलर, मिनी टिलर, रेजर, रोटाभेटर, सिँचाइका लागि पम्पसेटलगायत उपलब्ध गराइएको छ । यसका अतिरिक्त बीउबिजन, विषादी, रासायनिक मलसमेत किसानलाई उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ८ : ३० बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने