प्रधानमन्त्री ओली झापा आउँदै, ‘चाइना नेपाल फ्रेण्डशिप इण्डष्ट्रियल पार्क’ शिलान्यास गर्ने | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली झापा आउँदै, ‘चाइना नेपाल फ्रेण्डशिप इण्डष्ट्रियल पार्क’ शिलान्यास गर्ने


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- प्रधानमन्त्री केपी शर्मा ओली आज झापा आउँदै छन् । झापा क्षेत्र नम्बर ५ मा हुने ‘चाइना नेपाल फ्रेण्डशिप इण्डष्ट्रियल पार्क’ शिलान्याससहित विभिन्न कार्यक्रमका लागि ओली झापा आउन लागेका हुन् ।

ओलीको सचिवालयले  झापामा इण्डष्ट्रियल पार्क शिलान्यासलाई धेरै महत्व दिएको छ । ओलीको स्वागतका लागि दमकको मुख्य चोकमा नेपाल र चीनका झण्डाले सजाईएको छ भने ठाउँ ठाउँमा स्वागतद्वार निर्माण गरिएको छ ।

ओलीको कार्यक्रम हुने स्थानमा सुरक्षा सतर्कता बढाईएको छ । क्षेत्र नं. ५ का दमक, कमल र गौरादह क्षेत्रका बासिन्दा पार्क शिलान्यास कार्यक्रम सफल बनाउन जुटेका छन् ।

पार्कका अध्यक्ष गोविन्द थापाका अनुसार औद्योगिक पार्कमा पहिलो चरणमा ६५ अर्व लगानी हुने छ । नेपाल र चिनियाँ नागरिक स्तरबाट वन्ने यो औद्योगिक पार्कमा पहिलो चरणमा कपडा, विद्युतीय सामग्री, ईलेक्ट्रोनिक्स समानलगायतका उद्योग आउने बताईएको छ ।

ओली बिहान १० बजे भद्रपुर विमानस्थल हुँदै दमक आउने र साँझ फर्कने तय भएको सचिवालयले जनाएको छ । ओलीका  सचिवालय सदस्य तथा झापाका पार्टी नेता होमबहादुर थापाका अनुसार ओली झापा आएपछि पहिलो कार्यक्रमका लागि आफ्नै निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिकाको क्याम्पा ११ बजे पुग्नेछन् ।

त्यहाँ कमल खोलामा निर्माण भएको पुल उद्घाटन गर्ने कार्यक्रम छ । यसपछि दमकबाट ईलामको चुलाचुली जोड्ने रतुवा खोलामा पुल शिलान्यास र अर्को पुल उद्घाटनको कार्यक्रम तय गरिएको छ ।

सचिवालयका अनुसार मदन भण्डारी चुरे राजमार्गमा पर्ने सो स्थापनको पूलसँगै पूर्वी खण्डका ३१ ओटा पुलको त्यहीबाट एकमुष्ट शिलान्यासको घोषणा हुने छ । यस्तै कमल–७ र गौरादह–५ को संगम स्थलमा पार्कको शिलान्यासपछि सोही ठाउँमा आयोजना हुने सभामा ओलीले संवोधन गर्ने जनाईएको छ ।

 

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ८ : १३ बजे

मिर्गाैला प्रत्यारोपणका लागि सहयोग माग्दै पत्रकार

सुनसरी– पीबी (प्रेमबहादुर) दियाली एक समय इटहरीका सक्रिय पत्रकार मानिन्थे

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले

ज्याकाराण्डाले सजियो काठमाडौं (फोटो फिचर)

काठमाडौं– राजधानीका मुख्य सडकहरू अहिले ज्याकाराण्डा फुलेर रोमाञ्चक देखिएका छन्

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका

संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न,