मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते छन् ।

मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीया रजनी गुरुङ घाइते छन् ।

दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा घाइते भएका विवेकको टाउकामा चोट लागेको थियो ।

विवेकको दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार साँझदेखि पानी परेकाले सडक चिप्लो हुँदा मोटरसाइकल दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ७ : ५५ बजे

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा