मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको सहज जित | Khabarhub Khabarhub

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको सहज जित


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कप्तान लियोनल मेस्सिको उत्कृष्ट प्रदरश्नमा स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई उसकै घरेलु मैदानमा २-० गोलले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा कप्तान मेस्सी र ओसुमाने डेम्बेलेले एक एक गोल गरे ।

खेलको २९औँ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १-० को अग्रता दिलाए । ८६औँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २-० को सहज जित दिलाए ।

जितसँगै बार्सिलोना २५ खेलमा ५३ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि रहेको छ । सेभिया ४८ अंकसहित चौंथो स्थानमा छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ६ : ४२ बजे

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल