चीनको खोप असुरक्षित रहेको दाबी | Khabarhub Khabarhub

चीनको खोप असुरक्षित रहेको दाबी


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिंगापुर– चीनमा उत्पादित कोभिड–१९ विरुद्धको साइनोफार्म खोप सबैभन्दा असुरक्षित भएको दाबी गरिएको छ ।

साइनोफार्म खोपको हालसम्म ७३ वटा प्रतिकूल असर देखिएको भन्दै चिनियाँ खोप विशेषज्ञ ताव लिनाले यसलाई सबैभन्दा असुरक्षित खोपको संज्ञा दिएका हुन।

७९.३४ प्रतिशत प्रभावकारी भनिएको साइनोफार्म खोपको हाते पुस्तिका अध्ययन गर्दा आफू त्रसित भएको उनको भनाइ छ । खोप लागाउँदा टाउको दुख्ने, रक्तचाप बढ्ने, दृश्यशक्ति गुम्ने, स्वाद हराउने, राजस्वला ढिला हुने जस्ता सम्भावित प्रतिकूल असर हुने साइनोफार्मको हाते पुस्तिकामा उल्लेख भएको उनले बताए ।

खोपमा धेरै संभावित प्रतिकूल असर हुने खोप खतरा र असुरक्षित भएको उनले बताए। अहिलेसम्म उत्पादन भएका विश्वका कुनैपनि खोप यति असुरक्षित नभएको खोप विशेषज्ञ तावले बताए ।

सन् २०२० डिसेम्बर अन्तिममा चीन सरकाले साइनोफार्मलार्इ शर्तसहित अनुमोदन गरेको थियो । तावले ४८ लाख भन्दा बढी फलोअर्स भएको आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेको उक्त भनाइले कानुनको उल्ल्घन गरेको भन्दै चिनियाँ सरकारी निकायले हटाइदिएको छ ।

 

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  १० : २० बजे

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई दोब्बर मतको अग्रता

बझाङ– बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका

जुम्लाबाट हत्या अभियोगमा एक जना पक्राउ

जुम्ला– जुम्लाको पातारासि गाउँपालिका-३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको

नवलपुरमा वन डढेलो नियन्त्रण बाहिर

नवलपुर– नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको वन डढेलो अझै

राष्ट्रियसभा सदस्य अञ्जान शाक्यले लिइन् सपथ

काठमाडौं– राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको सपथ

पूर्वाधार कार्यालय गौरमा लगाएको ताला कांग्रेस आफैले खोल्यो

रौतहट– कांग्रेस नेताहरूले पूर्वाधार विकास कार्यालय गौरमा चारदिन अघि गरेको