नेपाली दूतावास कतारमा थन्किए ७८६ जना नेपालीको राहदानी | Khabarhub Khabarhub

नेपाली दूतावास कतारमा थन्किए ७८६ जना नेपालीको राहदानी


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारस्थित नेपाली दूतावासले ७८६ जना नेपालीको राहदानी दूतावासमै थन्किएको जनाएको छ ।

दूतावासले एक सूचना जारी गर्दै सन् २०११ देखि २०१७ सम्म विभिन्न मितिमा दूतावासमा राहदानीका लागि आवेदन दिएकाहरुको मेसिन रिडेबल पासपोर्ट (राहदानी) तयार भए पनि हालसम्म लिन नआएको जनाएको हो ।

दूतावासले सूचना जारी गर्दै सम्बन्धित व्यक्तिलाई राहदानीहरु बुझ्न आउन अनुरोध गरेको छ ।

दूतावासले सूचना प्रकाशित भएको मितिले तीन महिनाभित्र पूरानो राहदानी, रसिद वा आफ्नो परिचय खुल्ने कागजात सहित दूतावासमा सम्पर्क गर्न अनुरोध हो।

तोकिएको समयभित्र राहदानी लिन नआएमा राहदानी विभाग, काठमाडौंमै पठाइने दूतावासले जनाएको छ ।

यसैबीच मलेसियास्थित नेपाली दूतावासले पनि सूचना जारी गर्दै १ हजार ९७४ जनाको राहदानी थन्किएको जनाएको छ ।

सन् २०१३ देखि २०१८ सम्ममा बनेका र हाल सम्म बुझी नलगेका १ हजार ९७४ राहदानीहरु सम्बन्धित राहदानी बाहकले यो सूचना प्रकाशन भएको मितिले ३ महिना भित्र लिइसक्नु पर्ने दूतावासले जनाएको छ ।

साथै, नयाँ राहदानी बनाउन आउनेहरु अथवा आफूसँग राहदानी नभई घर फर्कनको लागि ट्राभल डकुमेण्ट बनाउन आउनेहरुले पनि आफ्नो पुरानो राहदानी दूतावासमा छ कि यकिन गरेर मात्र नयाँ राहदानी वा ट्राभल डकुमेण्ट बनाउनका लागि आवेदन दिन दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ९ : ५८ बजे

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार