विप्लव समूहका नेता बाँस्तोलालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश | Khabarhub Khabarhub

विप्लव समूहका नेता बाँस्तोलालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले नेत्रविक्रम चन्द समूहका नेता धमेन्द्र बाँस्तोलालाई २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन आदेश जारी गरेको छ।

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आज बन्दी बनाउनाको आधार र कारणसहित सूचना प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउनका साथै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ।

समूहका पश्चिम कमाण्ड इञ्चार्ज रहेका बाँस्तोलाका तर्फबाट हिमा बाँस्तोलाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

गत पुस २९ गते बाँस्तोलासहित चारजनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो। बाँस्तोलालाई नख्खुस्थित एनसेल टावरमा भएको बम बिस्फोटका घटनामा संलग्न रहेको आरोप लागेको छ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ९ : १५ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका