नेपालको १२० देशसँग व्यापार घाटा | Khabarhub Khabarhub

नेपालको १२० देशसँग व्यापार घाटा


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ- आवश्यक वस्तुका लागि परनिर्भरता बढेसँगै नेपालको व्यापारघाटा पनि बढ्दै गएको छ ।

चालु आर्थिक वर्ष २०७८/०७९ को मंसिरसम्ममा नेपालको १४३ वटा देशसँग व्यापारिक सम्बन्ध स्थापित भएकोमा १२० देशसँग भने व्यापारघाटा देखिएको छ । आयातको तुलतामा नेपालको निर्यात कमजोर भएपछि व्यापारघाटा बढ्दै गएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आवको मंसिरसम्ममा नेपालले आठ खर्ब ३८ अर्ब रुपैयाँको वस्तु आयात गर्दा एक खर्ब दुई अर्व निर्यात भई ७ खर्व ३५ अर्व व्यापारघाटा भएको छ ।

नेपालको कुल व्यापारघाटामध्ये आधा भन्दा बढि व्यापारघाटा भारतसँग देखिएको छ । चालु आवको मंसिरसम्ममा भारतमा नेपालबाट ८४ अर्ब १५ करोड बराबरको निर्यात हुँदा पाँच खर्बभन्दा बढीको आयात भएको छ । नेपालमा पेट्रोलियम पदार्थ, खाद्य सामग्री, हरियो तरकारीलगायतका सामाग्री भारतबाट आयात हुँदै आएको छ ।

भारतपछि चीन, इन्डोनेसिया, अर्जेन्टिना, यूएई, अस्ट्रेलिया, अमेरिकालगायतका देशसँग व्यापारघाटा बढिरहेको छ । भारतपछि चीनसँग नेपालको एक खर्ब २१ अर्ब व्यापारघाटा  छ । मंसिरसम्ममा नेपालबाट चीनमा ३८ करोड रुपैयाँ बराबरको सामान निर्यात हुँदा एक खर्ब २२ अर्ब बराबरको आयात भएको छ ।

कम्बोडिया, डेनमार्क, अल्गेरिया, स्विडेनलगातका देशसँगको वैदेशिक व्यापार भने फाइदामा छ । कम्बोडियासँगको व्यापारमा नेपालले ११ करोड ७४ लाख फाइदा गरेको छ ।

मंसिरसम्ममा कम्बोडियाबाट दुई करोड १४ लाख बराबरको आयात गर्दा १३ करोड ८९ लाख बराबरको निर्यात गरेको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १ : ४५ बजे

कपिलवस्तुमा श्रीमान्-श्रीमती मृत फेला

कपिलवस्तु– कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर–८ ढोडेकोलमा श्रीमान्–श्रीमती मृत फेला

आगलागीबाट दुई करोड २६ लाखको क्षति

धुलिखेल– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-४ स्थित सानोपोटा गाउँमा मङ्गलबार दिउँसो भएको

श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकका लागि सरकारले लागू गरेको

‘मनसरा’ को अग्रिम बुकिङ खुला 

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसरा’को अग्रिम

सगरमाथाको फेदमा ‘हिलारी ब्रिज’बाट अब ‘बञ्जी जम्प’

सोलुखुम्बु- प्रसिद्ध पर्यटकीय जिल्ला सोलुखुम्बुको ‘हिलारी ब्रिज’बाट अब ‘बञ्जी जम्प’