पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार ओलीले लिए, रावलको आपत्ति | Khabarhub Khabarhub

पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार ओलीले लिए, रावलको आपत्ति


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको जारी १० औं महाधिवेशनबाट चुनिने नयाँ कार्यसमिति अब अध्यक्ष ओलीले आफै छान्ने भएका छन् । शनिबार बन्दसत्रले ओलीलाई सर्वाधिकार दिने निर्णय गरेको छ । उपमहासचिब विष्णु पौडेलले ओलीलाई सर्वाधिकार दिने प्रस्ताव बन्दसत्रमा राखेका थिए । सो प्रस्ताव ताली बजाएर पारित गरिएको छ ।

ओलीले सबै अधिकार आफूमा केन्द्रित गरेर पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार आफूमा लिएपछि अब चुनाव नहुने र प्रतिस्पर्धा गर्न चाहनेले प्रतिस्पर्धा गर्न नपाउने देखिएको छ ।

यसरी ओलीलाई सर्वशक्तिमान बनाउने निर्णयप्रति उपाध्यक्ष भीम रावलले आपत्ति जनाएका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उनले प्रस्पिर्धा गर्ने अधिकार खोसिएको भन्दै आपत्ति जनाएका छन् ।

दर्जनौँ नेताहरुले पदाधिकारीमा उम्मेदवारी घोषणा गरेका थिए भने सयौँले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका थिए । तर, अब ओलीले आफ्नो खल्तिबाट नाम निकाले पद बाँड्ने भएका हुन् ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ८ : ३३ बजे

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार