माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं : प्रचण्ड | Khabarhub Khabarhub

माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं : प्रचण्ड


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचार र संगठनलाई पुनर्गठित गर्दै अघि बढेको बताएका छन् ।

पार्टीको सात सय ५३ पालिका सम्मेलनलाई शनिबार दिउँसो सम्बोधन गर्दै उनले अब पार्टी सशक्त रूपमा अघि बढ्ने र क्रान्तिकारी धारमा अघि बढ्ने बताए ।

मार्क्र्सवाद, लेनिनवाद र माओवादीलाई आत्मसात गर्दै सोही विचारधाराअनुसार सबैलाई अघि बढ्न प्रचण्डले निर्देशन दिए । उनले नेकपाकालपछि पार्टीलाई पुनः अघि बढाउँदा नेताहरूमा क्रान्तिकारिता नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

आगामी राष्ट्रिय सम्मेलनबाट पार्टी नयाँ ढंगले अघि बढ्ने र समाजवादी आन्दोलनलाई अघि बढाउने उनले विश्वास व्यक्त गरे । उनले पार्टीमा बहस चलाउन पनि आग्रह गरे । राष्ट्रिय सम्मेलनलाई वैचारिक सम्मेलन बनाउन पार्टी हेडक्वार्टरलाई सुझाव दिन अपील गरे ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  २ : १५ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई