‘चुरीफुरी’ ट्रेलरमा युवाको पीडा | Khabarhub Khabarhub

‘चुरीफुरी’ ट्रेलरमा युवाको पीडा


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कमेडी जनराको फिल्म ‘चुरीफुरी’ को ट्रेलर सार्वजनिक भएको छ । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्र्देशनमा बनेको फिल्मको ट्रेलरमा विदेश जान खोज्ने युवाको परिवेश र परिस्थितिलाई दर्शाइएको छ ।

ट्रेलरमा ‘डेब्यु’ अभिनेता अभिषेक श्रेष्ठ, रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य ‘काकु’, सुबोध गौतम ‘एदुमे’, पवन खतिवडा ‘म्याकुरी’, सुरवीर पण्डित ‘दारी बा’, राजीवजंग बस्नेत, तुलसीप्रसाद श्रेष्ठलगायत नवअभिनेत्रीत्रय पूजा पन्त, सोना बज्राचार्य र रिन्जिन गुरुङ फिचर्ड छन् ।

आगामी पौष ९ गते प्रदर्शनमा आउने फिल्म आरबी मुभीजको ब्यानरमा निर्माण भएको हो । फिल्ममा सुनिता श्रेष्ठ, ऋतु आचार्य, जोया ढकाल, राजेन्द्र खाती, मनिल तामाङ, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, रश्मी आचार्य र सरिस्मा मगरको पनि अभिनय छ ।

निर्देशक आचार्य र रिना ढकाल(भण्डारी) निर्माता रहेको फिल्ममा विमला भुषाल, राजेन्द्र खाती, शिव थापा र खेमराज भण्डारी सहनिर्माता छन् । फिल्ममा राहुल राईको छायांकन, नवीन निरौलाको सम्पादन र कलर, भीमफेदी गाइजको कोरियोग्राफी र दीपक शर्माको संगीत छ । फिल्मको वितरक डीसीएन हो ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १० : ३८ बजे

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको