भुलेर पनि अनुहारमा नलगाउनुहोस् यी ७ कुरा, नत्र अनुहार बिग्रन्छ | Khabarhub Khabarhub

भुलेर पनि अनुहारमा नलगाउनुहोस् यी ७ कुरा, नत्र अनुहार बिग्रन्छ


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आफ्नो अनुहार चम्किलो, राम्रो र गोरो होस् भन्ने सबैको चाहाना हुन्छ । अनुहार सुन्दर बनाउन मानिसक अनेक उपाय अपनाउँछ । तर अनुहार सुन्दर बनाउने नाममा यस्ता केही कुरा छन् जो अनुहारमा प्रयोग गर्नु हुँदैन ।

– तातो पानी

धेरै तातो पानीले मुख धुँदा अनुहारको छालामा भएको मोइस्चराइजर कम हुन्छ । जसले छालालाई सुख्खा बनाउँछ ।  त्यसैले अनुहार धुन तातोपानीको प्रयोग गर्नु हुँदैन ।

– भ्यास्लीन

भ्यासलिन अनुहारमा लगाउन उपयुक्त हुँदैन । यसले अनुहारका तेल र पसिना ग्रन्थीहरूलाई ब्लक गरी दिन्छ । जसले गर्दा डन्डिफोर वा चिल्लो छाला भएकाहरूमा नराम्रो असर गर्छ ।

– नरिवलको तेल

नरिवलको तेल अन्य तेलको तुलनामा बाक्लो हुन्छ । यसले अनुहारका तेल र पसिनाका ग्रन्थीहरुलाई ब्लक गरीदिन्छ । त्यसैले अनुहारमा डन्डिफोर र धेरै तेल आउने मानिसले नरिवलको तेल लगाउनु हुँदैन ।

– बडी लोसन वा मोइस्चराइजर

छालामा लगाउने बडी लोसन वा मोइस्चराइजर अनुहारमा प्रयोग गर्नु हुँदैन । यसमा कडा किसिमको रसायनिक पदार्थ बढी हुने भएकोले अनुहारको पिएचमा गडबडी गर्दछ ।

– नुहाउने साबुन वा स्याम्पु

यसमा सल्फेट नामक पदार्थ हुन्छ जसले धेरै फिँज निकाल्छ । सल्फेटको पिएचको मात्रा धेरै हुने भएकाले नुहाउने साबुन र स्याम्पुको प्रयोग अनुहारमा गरे अनुहार सुख्खा हुने गर्छ ।

– डेओडेरेन्ट, पर्फ्युम र हेअर स्प्रे

धेरै पसिना आउने व्यक्तिले अनुहारमा डेओडेरेन्ट लगाउने गर्छन् । मेकअप सेभ गर्न हेअर स्प्रेको प्रयोग गर्ने गर्छन् । यस्ता वस्तुहरूमा अनुहारलाई हानी गर्ने रसायनहरू हुने गर्दछ ।

– टुथपेस्ट

डन्डिफोरका समस्या भएकाहरूले डन्डिफोर निको पार्न टुथपेस्ट प्रयोग गरेको पाइन्छ । तर टुथपेस्टले छालामा भएको मेलानिमको मात्रा बढाउने गर्दछ । मेलानिमको मात्रा बढी हुँदा अनुहारको छालामा कालो दाग बस्ने गर्छ । त्यसैले अनुहारमा टुथपेस्ट लगाउनु हुँदैन।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ६ : ०६ बजे

दादासाहेब फाल्के चित्रनगरीमा सत्यराजको ‘बिच्छेद’ले सर्वोत्कृष्ट फिचर फिल्मको अवार्ड

काठमाडौं– सत्यराज चौलागाई निर्देशित फिल्म ‘बिच्छेद’ले ‘दादासाहेब फाल्के चित्रनगरी (फिल्म

धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि बढ्यो नेप्से 

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्री ओपन सेसनमा १०

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’ लगाइँदै

मन्थली– जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक

म्याग्दी र मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल

गलेश्वर– म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा

तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी (भिडियोसहित) 

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र