देशभर चिसो बढ्यो, यी क्षेत्रमा हुँदैछ वर्षा | Khabarhub Khabarhub

देशभर चिसो बढ्यो, यी क्षेत्रमा हुँदैछ वर्षा


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा बदली छ । तराईमा तुवाँलो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंको न्यूनतम तापक्रम ८.८ डिग्रीसेल्सियसमा झरेको छ । सबैभन्दा कम तापक्रम माइनस २.८ डिग्री रहेको छ ।

शनिबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भूभागमा बदली रहनेछ भने ती क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ ।

राति प्रदेश १ र बागमतीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ७ : १४ बजे

डेडिकेटेड ट्रंकलाइन महसुल विवादमा आयोगको प्रतिवेदन

काठमाडौं– सरकारले उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीचमा पैदा भएको डेडिकेटेड

काठमाडौं शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेको छ ।

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको