सार्वजनिक शिक्षा सुधार गर्ने मन्त्रीको प्रतिवद्धता | Khabarhub Khabarhub

सार्वजनिक शिक्षा सुधार गर्ने मन्त्रीको प्रतिवद्धता


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षामन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षालाई सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सत्ता गठबन्धन सम्वद्ध पाँच विद्यार्थी संगठनले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलले पहिलो प्राथमिकता सार्वजनिक शिक्षालाई दिने बताए । उनले छोटो समयमा धेरै काम गर्न नसके पनि आफ्नो कार्यकालमा सार्वजनिक शिक्षालाई केही परिवर्तन गरेर देखाउने जनाए ।

मन्त्री पौडेलले निजी क्षेत्रलाई नियमन गर्दै सार्वजनिकलाई अगाडि बढाउने सरकारको लक्ष्य रहेको भन्दै शिक्षा सुधारका लागि बजेट अभाव भएकाले अन्तर्राष्ट्रिय दातृ निकायलाई समेत आह्वान गरिएको उल्लेख गरे । उनले राजनीतिक दबाब पनि शिक्षा सुधार्न तिर नभई विगार्न बढी उद्धत रहेको उनको टिप्प्णी थियो ।

नवनियुक्त शिक्षामन्त्री पौडेललाई बधाई तथा शुभकामना दिन शिक्षामन्त्रालय पुगेका पाँच राजनीतिक दल आवद्ध विद्यार्थी संघका प्रतिनिधिहरुले शिक्षामन्त्री पौडेलको कार्यकाल सफलताको शुभकाना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ५ : ०६ बजे

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ