बाग्मती प्रदेशमा भोलि तीन बजेसम्म मुख्यमन्त्रीको दाबी गर्न आह्वान | Khabarhub Khabarhub

बाग्मती प्रदेशमा भोलि तीन बजेसम्म मुख्यमन्त्रीको दाबी गर्न आह्वान


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाग्मती प्रदेशमा बिहीबार अपरान्ह ३ बजेसम्म नयाँ सरकार गठनका लागि प्रदेश सभाका दलहरुलाई आह्वान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार नयाँ मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान गरेका हुन् ।

अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले सभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले दुई वा सोभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी गर्न प्रदेशसभाका दलहरुलाई आह्वान गरेका हुन् ।

मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतको प्रस्तावमाथि मतदान हुनुअघि नै उनले बुधबार राजीनामा दिएकी थिइन् । सत्तारुढ दल एमाले विभाजित भएपछि शाक्य स्पष्ट अल्मतमा परेकी थिइन् ।

केन्द्रीय सत्तारुढ गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति गरिसकेकाले बिहीबार पाण्डे मुख्यमन्त्री बन्ने लगभग निश्चित छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ४ : ३७ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र