इटालियन सिरी ए : शीर्ष स्थानमा फर्कियो एसी मिलान | Khabarhub Khabarhub

इटालियन सिरी ए : शीर्ष स्थानमा फर्कियो एसी मिलान


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – टुरिनविरुद्ध झिनो गोल अन्तरले विजयी हुँदै एसी मिलान इटालियन सिरी ए लिगको शीर्ष स्थानमा फर्किएको छ । मंगलबार राति भएको खेलमा मिलानले टुरिनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान सान सिरोमा मिलानलाई जिताउन चेल्सीका पूर्वस्ट्राइकर ओलिभियर जिराउडले १४ मिनेटमा गरेको गोल निर्णायक बन्यो । बाँकी समय दुबै टोलीले गोलका अवसर सदूपयोग गर्न सकेनन् ।

जितसँगै अपराजित मिलान १० खेलबाट २८ अंक जोड्दै शीर्ष स्थानमा फर्किएको छ । मिलानले ९ खेल जित्दा १ खेलमा बराबर गरेको छ ।
दोस्रो स्थानमा ९ खेलबाट २५ अंक बनाएको नापोली छ । मिलानसँग पराजित टुरिन १० खेलबाट ११ अंकसहित १२औँ स्थानमा छ ।

मंगलबार राति भएका अन्य दुई खेलमा १० खेलाडीमा सीमित भेनेजियालाई सेलेर्निटनाले २-१ गोल अन्तरले पराजित गरेको छ । स्पेजिया र जिनोयाले १-१ गोलको बराबरी खेले ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ८ : ५९ बजे

औषधिको अवैध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक पक्राउ

लुम्बिनी – बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको

गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना

गण्डकी – कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए

दुई क्विन्टल गाँजासहित एक जना पक्राउ

विराटनगर – मोरङ प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ

निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा

धरान – धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको

दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते

धनगढी – दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते भएकी छन्,