हेल्प नेपालको विजयी सुरुआत | Khabarhub Khabarhub

हेल्प नेपालको विजयी सुरुआत


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी एनभिए राष्टिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ डिफेन्डिङ च्याम्पियन हेल्प नेपालले विजयी सुरुआत गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भडहल त्रिपुरेश्वरमा सोमबार भएको पहिलो खेलमा हेल्प नेपालले बागमती प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–१६ ले जितेको हेल्प नेपालले दोस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो तथा निर्णायक सेट २५–१२ ले जितेको थियो ।

सोमबार नै भएको अर्को खेलमा पूर्वको दावाँली मिलन क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी प्रदेशले जारी प्रतियोगितामा २ अंक जोड्न सफल भयो । भारतीय खेलाडीसहित कोर्ट उत्रिएको गण्डकीले दावालीमाथि २५–१२,२५–२२,२०–२५ र २७–२५ को सेटमा जित निकाल्यो ।

अर्को खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लबमाथि तीन शुन्यको सोझो सेटमा पराजित गर्यो । उपाधिको दावेदार मध्येको एक टिम पुलिसले मणिमुकुन्दलाई २५–१४, २५–१५ र २५–१७ को सोझो सेटमा हरायो । जितसँगै पुलिसले समुह बी मा दुई खेलमा ६ अंक बनाएको छ।

त्यस्तै अर्को खेलमा गल्कोट स्पोर्टस क्लबले प्रदेश नम्बर २ माथि सोझो सेटमा जित निकाल्दै तालिकामा ४ अंक बनाउन सफल भयो । पहिलो सेट २५–२३ ले जित्दा दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो भने तेस्रे सेट २५–१८ ले जितेको हो ।

च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । महिलातर्फको खेल भने मंगलबारबाट सुरु हुनेछन् ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ५ : ०२ बजे

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा