'गुलाब' नामक शक्तिशाली चक्रवात भारतको उडिसामा अवतरण, नेपालमा असर न्यून : विभाग | Khabarhub Khabarhub

‘गुलाब’ नामक शक्तिशाली चक्रवात भारतको उडिसामा अवतरण, नेपालमा असर न्यून : विभाग

देशभर मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गत शुक्रबार बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्र बन्न शुरु भई शनिबार बनेको ‘गुलाब’ नामक शक्तिशाली चक्रवात आइतबार उडिसाको जमिनमा अवतरण भएको छ ।

जसका कारण भारतको पूर्वी राज्यहरूबाट हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । आइतबार साँझदेखि भीषण वर्षा र हावाहुरीसहित प्रतिघण्टा ९५ किलोमिटरका गतिले आईरहेको आँधी मध्यरातबाट उडिसा र आन्द्रप्रदेशमा प्रवेश गरेको थियो । आँधी प्रभावित राज्यहरुका मानिसहरुलाई नदी किनार, नहर तथा समुद्रि किनारमा नजान चेतावनी दिइएको थियो ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको अप्रत्यक्ष असरका कारण नेपालमा आंशिकदेखि सामान्य बदलीको अवस्था हुन सक्छ । तर यसको असरका कारण देशमा वर्षा हुने सम्भावना भने न्यून रहेको विभागले बताएको छ ।

आज (सोमबार) बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै विभागले मनसुन न्यून चापीय रेखा भने औसत स्थान भन्दा केही दक्षिणतिर रहेको बताएको छ । विभागअनुसार हाल गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

सोमबार रातीसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानहरूमा र बाँकी प्रदेशहरूका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानहरूमा र बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उक्त स्थानहरूका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन विभागले अनुरोधसमेत गरेको छ ।

 

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ८ : ३२ बजे

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी

म माथि षडयन्त्र भयो, संलग्नको नाम छिट्टै सार्वजनिक गर्छु : सन्दीप लामिछाने

काठमाडौं– बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास, विस्तार र