नवलपुरमा पहिरो जाँदा तीनजना बेपत्ता | Khabarhub Khabarhub

नवलपुरमा पहिरो जाँदा तीनजना बेपत्ता


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोटमा पहिरो खस्दा तीन बेपत्ता भएका छन् । हुप्सेकोट–४ माथिल्लो चारघरे रुम्सीमा शुक्रबार बिहान खसेका पहिरोमा परी तीन बेपत्ता हुनुका साथै एक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार पहिराले चार घरेका ५० वर्षीय हस्तबहादुर पुलामीको घरमा पूर्णरुपमा क्षति पुर्याएको छ । उनका अनुसार पहिराले पुरेका अवस्थामा उहाँलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएको छ । पहिरामा बेपत्ता भएकाको खोजी जारी छ ।

पहिरोमा परी पुलामीकी ४० वर्षीया श्रीमती धनमाया , सात वर्षीया नातिनी भूमिसरा र छ वर्षीया नातिनी देउमाया पुलामी बेपत्ता भएका सूचना अधिकारी सिंहले बताए । रासस

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  २ : ५६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र