२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार ६५५ जनाको पीसीआर परीक्षणमा २ हजार ७२६ र ४ हजार ८६३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १७३ जना गरी कुल ३ हजार ८९९ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ७७८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

कहाँ कति थपिए ?

 

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ८, उदयपुरमा १०, ओखलढुंगामा ४, खोटाङमा ४, झापामा २६१, ताप्लेजुङमा १, तेह्रथुम ४, धनकुटामा ३१, पाँचथर २३, भोजपुरमा ३, मोरङमा २४९, संखुवासभामा २, सोलुखुम्बु २ र सुनसरी १८९ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ४, पर्सामा २,  बारामा ६, महोत्तरीमा ६, रौतहटमा ९, सप्तरीमा ६, सर्लाहीमा ११ र सिरहामा ११ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ४७५ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ३३, चितवनमा १९३, दोलखामा ५५, धादिङमा १९, नुवाकोटमा ३९, भक्तपुरमा १३२, मकवानपुरमा ७९, रसुवा २, रामेछापमा १४, ललितपुरमा १६७, सिन्धुपाल्चोकमा ११ र सिन्धुली ८ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा २७८, गोरखामा १२, तनहुँमा ३६, नवलपरासी पूर्वमा ६६, पर्वत ८, मुस्ताङमा २, म्याग्दी २,  लमजुङमा ४, बागलुङमा २८ र स्याङजामा १९ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ९, कपिलवस्तुमा ३, गुल्मीमा ६, दाङमा १३, नवलपरासीमा ४, पाल्पामा १४, प्यूठानमा३, बर्दियाका १६, बाँकेमा १२, रुकुम पूर्व १, रुपन्देहीमा १९ र रोल्पामा ४ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा १, जुम्ला १, दैलेखमा १, रुकुम पश्चिममा ३, सल्यानमा १ र सुर्खेतमा १९ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा ५, कैलालीमा ४९, डडेल्धुरामा ३, डोटी ५, र बझाङ २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ६ : ०९ बजे

आगलागीबाट दुई करोड २६ लाखको क्षति

धुलिखेल– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-४ स्थित सानोपोटा गाउँमा मङ्गलबार दिउँसो भएको

श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकका लागि सरकारले लागू गरेको

‘मनसरा’ को अग्रिम बुकिङ खुला 

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसरा’को अग्रिम

सगरमाथाको फेदमा ‘हिलारी ब्रिज’बाट अब ‘बञ्जी जम्प’

सोलुखुम्बु- प्रसिद्ध पर्यटकीय जिल्ला सोलुखुम्बुको ‘हिलारी ब्रिज’बाट अब ‘बञ्जी जम्प’

अन्तराष्ट्रिय श्रमिक दिवस (तस्बिरहरु)

काठमाडौं– आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम