ओली सरकारले हटाएका प्रदेश प्रमुखहरूलाई पुनर्नियुक्ति गर्न सरकारलाई माओवादी केन्द्रको सुझाव  | Khabarhub Khabarhub

ओली सरकारले हटाएका प्रदेश प्रमुखहरूलाई पुनर्नियुक्ति गर्न सरकारलाई माओवादी केन्द्रको सुझाव 


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले ओली सरकारले हटाएका प्रदेश प्रमुखहरूलाई नै पुनर्नियुक्ति गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले आफ्ना भागमा परेका दुईवटा प्रदेश प्रमुखमध्ये गण्डकीमा अमिक शेरचन र प्रदेश २ मा तिलक परियारलाई नै सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश प्रमुखहरूको भागबण्डामा सातमध्ये माओवादी केन्द्रलाई दुईवटा परेको थियो । शेरचन र परियार दुवै जनालाई केपी ओली सरकारले हटाएर गण्डकीमा सीता पौडेल र प्रदेश २ मा राजेश अहिराजलाई नियुक्त गरेको थियो ।

बैठकपछि माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले ओली सरकारले फेरबदल गरेका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको जानकारी दिए  ।

माओवादीले दिएको सुझाव अनुसार मन्त्रिपरिषद्ले प्रदेश प्रमुख हेरफेर गर्ने पौडेलले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ४ : ४० बजे

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।