अवैध हतियारसहित तीन जना पक्राउ | Khabarhub Khabarhub

अवैध हतियारसहित तीन जना पक्राउ


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अवैध हतियारसहित प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिकाबाट तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका – २५ का २२ वर्षीय अनिल पटेल, २० वर्षीय लक्की पटेल र पोखरीय नगरपालिका– २ का २० वर्षीय विक्रान्त पटेल छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालका अनुसार उनीहरुलाई हतियार बेचविखन भइरहेको सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका –१५ लक्ष्मणवा चोकस्थित एक होटलबाट पक्राउ गरिएको हो ।

उनीहरुका साथबाट दुईवटा मोटरसाइकल समेत बरामद भएको छ । अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको डीएसपी खनालले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ८ : ५५ बजे

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण