जगदम्बा मोटर्सले प्रोटोन एक्स७० मोडलको गाडी सार्वजनिक गर्दै | Khabarhub Khabarhub

जगदम्बा मोटर्सले प्रोटोन एक्स७० मोडलको गाडी सार्वजनिक गर्दै


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जगदम्बा मोटर्सले प्रोटोन एक्स७० मोडलको गाडी नेपालमा सार्वजनिक गर्ने भएको छ ।

प्रोटोन मलेसियन अटो मोबाइल कम्पनी हो । प्रोटोनका लागि नेपालमा जगदम्बा मोटर्सले ल्याउन लागेको हो । कम्पनीले असार १६ गते भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने जनाएको छ ।

यसअघि नै गाडी सार्वजनिक गर्न खोजिए पनि दोस्रो चरणको कोरोना भाइरसले नेपालमा निम्त्याएको असहज परिस्थिति तथा लकडाउनका कारण रोकिएको थियो ।

भर्चुअल लन्च कार्यक्रममा सहभागिता जनाएमात्र पनि जगदम्बा मोटर्सले सहभागीहरूलाई बिभिन्न आकर्षक उपहारको समेत व्यवस्था गरेको जनाएको छ ।

भर्चुअल लञ्च कार्यक्रम साँझ ४ बजे पश्चात प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।
उक्त कार्यक्रममा सहभागी बन्नका लागि प्रोटोनकार्स नेपालको फेसबुक पेजमा (facebook/protoncarsnepal) रहेको The New PROTON X 70 Virtual Launch event क्लिक गरि Going अथवा Interested मा क्लिक गर्नुपर्ने हुन्छ। साथै यस भर्चुअल लञ्च कार्यक्रममा सहभागिता जनाएमा मात्र पनि जगदम्बा मोटर्सले सहभागीहरुलाई बिभिन्न आकर्षक उपहारको समेत व्यवस्था गरेको छ ।
प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी हो जसले १९८५ मा प्रोटोन साँगाको रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ३ : ०८ बजे

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट

बिहीबार नेप्सेमा सकारात्मक सर्किट हान्ने ३ लघुवित्तको वित्तीय विवरण कस्तो ?  

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ७ अंकले घट्दा पनि

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका