सुजिताको हत्या आरोपमा श्रीमान् र देवर पक्राउ | Khabarhub Khabarhub

सुजिताको हत्या आरोपमा श्रीमान् र देवर पक्राउ


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरीको लोहरपट्टी नगरपालिका – ७ की सुजिता ठाकुरको हत्या आरोपमा उनका श्रीमान् र देवर पक्राउ परेका छन् ।

आइतबार महोत्तरी प्रहरीले सुजिताको हत्या भएको केही प्रमाण फेला पारपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको हो ।

महोत्तरीका प्रहरी उरीक्षक प्रकाश विष्टले मृतक सुजिताका श्रीमान् मुकेश ठाकुर र देवर रुपेश ठाकुरलाई लुकिछिपी रहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।

घर नजिकैको खेलमा उत्खनन् गर्दा झण्डै महिना दिनदेखि बेपत्ता सुजितालाई हत्या गरी गाडिएको अवस्थामा केही प्रमाणहरू प्रहरीले भेट्टाएको थियो ।

गत जेठ २० गतेदेखि सुजिता बेपत्ता भएकी थिइन् । झण्डै २३ दिनपछि महोत्तरी प्रहरीले उनको आफ्नै खेतमा (घरदेखि करिब डेढ किलोमिटर टाढा) उत्खनन् गर्दा हत्या भएको केही प्रमाणहरू फेला परेको हो । खेतमा उत्खनन् गर्दा कपाल, रगतले रातो भएको मोटो, मलखाद र नुन भेटिएको छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ८ : १४ बजे

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि