रोपाइँ भएका क्षेत्रको गणना भू–उपग्रहबाट गरिँदै | Khabarhub Khabarhub

रोपाइँ भएका क्षेत्रको गणना भू–उपग्रहबाट गरिँदै


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले यस वर्ष पनि तराईका २१ जिल्लामा भू–उपग्रहबाट धान रोपाइँको क्षेत्रफल गणना गरिरहेको छ ।

पूर्वमा झापादेखि पश्चिमको कन्चनपुरसम्मका धेरै धान खेती हुने २१ जिल्लामा गतवर्षबाट शुरू भएको पाइलट परियोजना यस वर्ष पनि निरन्तर रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

नेपालमा उत्पादन हुने कुल धान उत्पादनको ७४ प्रतिशत उत्पादन ओगट्ने उक्त क्षेत्रमा दोस्रोपटक यसरी गणना शुरू गरिएको मन्त्रालयका प्रवक्ता डा.श्रीराम घिमिरेले जानकारी दिए ।

जिल्लाबाट पहिले जसरी आउने नियमित तथ्याङ्कका अलवा प्रविधिमा आधारित विवरणहरु संकलन र प्रशोधनको काम थालिएको प्रवक्ता घिमिरेले बताए ।

मन्त्रालयको कृषि भौगोलिक सूचना शाखा, नार्क र इसीमोडको सहकार्यमा यस प्रविधिमा काम थलिएको मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि पालिका र जिल्ला हुँदै आउने गरेको मुख्य सिजनको धान रोपाइँ विवरणमा गत वर्षदेखि भू–उपग्रह विवरण पनि समावेश गर्न थालिएको मन्त्रालयका तथ्याङ्क शाखा प्रमुख रामकृष्ण रेग्मीले बताए ।

कृषिमा नविनतम् ज्ञानको प्रयोग गर्ने हिसाबले भू–उपग्रहले तराईका सबै जिल्लाका मूख्य धान बालीको नयाँ प्रविधिबाट विवरण निकाल्न थालिएको रेग्मीको भनाइ छ ।

नेपालमा मुख्य धान बालीको मौसम शुरू भएपछि अमेरिकी अन्तरिक्ष संस्था नासाबाट धान खेतीका पकेट जिल्लाको क्षेत्रफलसहित रियालटाईम तस्वीर मन्त्रालयलाई प्राप्त हुन्छ ।

तस्वीर प्राप्तिका लागि जीपीएस मेसिन लिएर विभिन्न तोकिएको जिल्लाका पोइन्टहरुमा अधिकारीहरु पुग्ने र त्यहाँबाट भू–उपग्रहले क्षेत्रफल गणना गर्ने मन्त्रालयका प्रवक्ता घिमिरेले बताए ।

उक्त तस्विरमा देखिएको भागलाई मन्त्रालय र नार्कका वैज्ञानिकको समूह इसीमोडका विज्ञसँगै बसेर प्रशोधन गर्ने मन्त्रालयले जनाएको छ ।

भू–उपग्रहको फोटो, क्षेत्रफल तथा परम्परागत रुपमा प्राप्त हुने विवरणको एकीकृत प्रशोधनबाट हरेक वर्ष धान रोपाइँको विवरण सार्वजनिक गर्ने गरिएको र यसवर्ष पनि सो प्रक्रिया शुरू भएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

अमेरिका, फिलिपिन्स, थाइल्याण्ड लगायतका मुलुकले सफलतापूर्वक कार्यान्वयन गरिरहेको यो परियोजनामा नेपाल पनि अभ्यस्त हुँदै गएको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १ : ५० बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला